२०७७ साउन ३०, शुक्रबार
Follow Us on:

अन्तत युक्रेनी विमान खसालेको स्वीकार्‍यो इरानले

इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ । इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो ।’

वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ । इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो । 

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो । 

अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *