२०७६ माघ १५, बुधबार
Follow Us on:

इरानमा विमान दुर्घटना लगत्तै भूकम्प गयाे

एजेन्सी: इरान र अमेरिकाबीचको तनाव निकै बढेको छ । इरानले इराकमा रहेको अमेरिकी दुईवटा अड्डामा आक्रमण गरेको छ ।

यसबैबीच इरानमा युक्रेनी विमान दुर्घटनामा परेको छ । १७६ यात्रु लिएर उडेको विमान केही क्षणमा नै दुर्घटनामा हुँदा विमानमा सवार सबै १७६ जनाकै मृत्यु भएकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।

यो पनि हेर्नुहोस्

दुर्घटना लगत्तै बुशहरको न्यूक्लिय पावर प्लान्टनजिक भूकम्पको धक्का महसुस गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

विमान दुर्घटनाको केही क्षणमा नै इरानको दक्षिण पश्चिम क्षेत्रको बुशहर स्थित न्यूक्लिय पावर प्लान्ट नजिक भूकम्पको सामान्य धक्का महसूस गरिएको छ । भूकम्प ४.९ रेक्टर स्केलको मापन गरिएको छ ।

याे पनि हेर्नुहाेस्

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *