२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

लडाकु नेता बगदादीकी पत्‍नी टर्कीको नियन्त्रणमा

अंकारा : आईएसआईएसका नेता अबु अक्र अली बगदादीकी पत्नीलाई टर्कीले नियन्त्रणमा लिएको छ ।

टर्कीका राष्ट्रपति तायीप एर्डोगनले यस्तो कुरा बताएका हुन् । अमेरिकी फौजबाट बगदादी मारिएको दुई साता नबित्दै उनकी पत्नीलाई टर्कीले नियन्त्रणमा लिएको हो । अमेरिकाले भने बगदादी टनेलभित्र आफैँ मरेको बताएको थियो । उनीहरुले सञ्चार अभियान थाल्ने भन्दै तायीपले यस्तो कदम अघि सारेको बताए ।

‘म पहिलो पटक यो घोषणा गर्दैछु, हामीले उनकी पत्नीलाई नियन्त्रणमा लिएका छौँ,’ तायीपले अमेरिकी फौजप्रति लक्षित गर्दै आफूहरुले उनीहरुलेजस्तै गडबडी नगरेको उनको भनाइ छ । यस्तै बगदागदीकी बहिनी र ज्वाइँलाई पनि सिरियामा नियन्त्रणमा लिएको बताएका छन् ।

अंकारा युनिभर्सिटीमा भाषणको क्रममा उनले यस्तो बताएका हुन् । तर यसबारे विस्तृत जानकारी भने उनले खुलाएका छैनन् । बरिष्ठ टर्किस अधिकारीका अनुसार यही साता बगदादीकी बहिनी र बहिनी ज्वाइँलाई टर्कीले पक्राउ गरेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले भने गत महिना बगदादीका दुई पत्नी पनि बगदादी मारिएकै ठाउँमा मारिएको प्रतिक्रिया दिएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *