२०७६ मंसिर २, सोमवार
Follow Us on:

ट्वीटरले बन्द गरिदियो प्यालेस्टाइनी मिडियाको एकाउन्ट

वासिङ्टन : प्यालेस्टाइनस्थित एक स्वतन्त्र समाचार वेबसाइटका एकाउन्ट ट्वीटरले बन्द गरिदिएको छ ।

लाखौं फलोअर्स भएका कुद्स न्युज नेटवर्कका एकाउन्ट ट्वीटरले बन्द गरिदिएको हो । जुन पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय र चर्चित मानिँदैआएको न्युज नेटवर्क हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ट्वीटरले यस्तो निर्णय गरेकोमा आलोचना गरेका छन् । अधिकारकर्मीहरुले यस्तो निर्णय फिर्ता लिन आग्रह गरेका छन् । प्यालेस्टाइनी पत्रकार अहमेद जर्रारले यस्तो निर्णयलाई ‘डरपोक निर्णय’ भन्दै विरोध जनाएका छन् ।

‘हामीले सोचेका थियौँ कि, अभिव्यक्ति स्वतन्त्रताको लागि फेसबुक भन्दा ट्वीटरमा फराकिलो ठाउँ छ, तर यो त प्यालेस्टाइनी आवाज थुन्दै इजरायल पक्षमा मिल्यो,’ उनले भनेका छन् । प्यालेस्टाइनी पत्रकार तथा अधिकारकर्मीहरुले ट्वीटरको यस्तो निर्णयलाई इजरायलसँग मिलेर आफूहरुप्रति पूर्वाग्रही बनेको भन्दै आलोचना गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *