२०७६ माघ ७, मङ्लबार
Follow Us on:

उत्तर कोरियाका अनौठा १० तथ्य

उत्तर कोरियाको बिषयमा विभिन्न समयमा अनेक कुरा मिडियामा आउने गर्छन । बाह्य देशका नागरिकलाई कोरिया प्रवेश सहज नभएका कारण पनि उत्तर कोरियाको बिषयमा धेरैलाई थाहा हुँदैन् । 

पटक पटक आणविक परीक्षण गरेर कोरिया चर्चामा रही रहन्छ । उत्तर कोरियाका केही रोचक बिषय तपाइलाई जानकारी नहुन् सक्छ । उत्तर कोरियामा जिन्सका कपडा लगाउन प्रतिवन्धित छ । त्यसमा पनि व्लू जिन्सलाई कोरियाले अमेरिकाको पहिचान भन्दै त्यसमा प्रतिवन्ध लगाएको छ । 

उत्तर कोरियामा कुनै पनि पोर्न फिल्म हेर्न मिल्दैन । यदी कसैले पोर्न फिल्म हेरेको पत्ता लागेका उसलाई फाँसी हुन्छ ।  उत्तर कोरियामा सैनिक र सरकारी अधिकारीलाई मात्र कार किन्ने छुट छ । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन हुन् किमले आफ्ना काकालाई यसकारण मारे की उनले गद्दारी गरेका थिए । किमले उनलाई भोकाएको कुकुरको पिजडामा हालेर मारेका थिए । 

उत्तर कोरियामा भिखारीको तस्वीर खिच्न प्रतिवन्ध लगाइएको छ ।  उत्तर कोरियाका महिलाले आफ्नो इच्छा अनुसार कपालको स्टाइल बनाउन पाउँदैनन् । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइल तय गरेको छ जसमध्ये कुनै बनाउन सक्छन् । 

उत्तर कोरियामा रक्सी पिउनु पनि प्रतिवन्धित छ । एक पटक २०१३ मा उत्तरका एक सैनिक अधिकारीलाई रक्सी पिएको आरोपमा फासी दिइएको थियो । 

उत्तरमा सरकारी टीभी बाहेकका टीभि हेर्नु गैरकानुनी हो । केही समयअघि अन्य देशका टिभी हेरेको आरोपमा ८० जनामाथि कारबाही भएको थियो । 

उत्तर कोरियामा धार्मिक स्वतन्त्रता छैन । एक महिलालाई बाइबल सर्वसाधारणलाई बाढेको आरोपमा हत्या गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *