२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

चीनले बनायो सानो आकारको कण्डम, जिम्बावेका पुरुषले प्रयोग गर्नै सकेनन्

चाइनिज सामान विश्वको कुना–कुनामा बिक्छ । तर, विश्वभरीका मानिसहरुलाई  चाइनिज सामानबाट समस्या उत्पन्न हुन्छ । जिम्बावे सरकारको स्वास्थ्य मन्त्रालयले एक चाइनिज कम्पनीको उत्पादनले समस्या छ । कारण अचम्मको छ तर समस्या गम्भीर छ । 

जिम्बावेको स्वास्थ्य मन्त्रीले भनेका छन् कि चाइनिज कण्डम जिम्बाबेका पुरुषहरुको लागि धेरै सानो छ । जसका कारण सरकारले औपचारीक रुपबाट यसको गुनासो गर्नु परेको छ । हुन सक्छ पहिलो पटक  यो खबर सुनेर तपाईहरु हाँस्नु भयो होला । तर अफ्रिकी देशहरुमा एचआइभी ठूलो समस्या छ । यसकारण कण्डम सहि नहुनु देशको स्वास्थ्य विभाकोलागि चिन्ताको विषय हो । 

रिपोर्टका अनुसार जिम्बाब्बेको राजधानी हरारेमा भएको एक एचआइभी रोकथाम इभेन्टमा त्यहाँको स्वास्थ्य मन्त्री डेवीड परिरेन्यावाटाले यो भनेको हुन । उनले भने कि कण्डमलाई लिएर ‘वन साइज फिट फर अल’को कन्सेप्ट हो तर जिम्बाब्बेका पुरुष प्राय कण्डम  सानो हुनुको कारण बताएर प्रयोग गर्न सक्दैनन । ध्यान दिने कुरा यो छ कि जिम्बाब्बेमा १३ लाख मानिस एचआइभीबाट संक्रमित छन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *