२०७७ मंसिर १७, बुधबार
Follow Us on:

पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ४९ जना डिस्चार्ज: १५ काे मृत्यु

काठमाडौं: कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३ सय ४९ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ३ सय ४९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३८ हजार ४ सय ६१ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार २२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख ८४ हजार ३ सय १७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ ।प्रतिक्रिया दिनुहोस्


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *