२०७७ कार्तिक ७, शुक्रबार
Follow Us on:

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीमा लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र क्वारेन्टिन बस्न पाउने

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा रिपोर्ट पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका प्रमूख डाक्टर समिरकुमार अधिकारीले सबै अस्पतालहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको असोज २९ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण देखिएमा वा कोरोना पोजेटिभ आएमा मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न पाइने व्यवस्था गरेको हो ।

यसअघि कोभिड अस्पतलमा खटिने चिकित्सकहरु एकसाता वा १५ दिनको लगातारको ड्युटीपछि दुई साता पुन क्वारेन्टाइनमा बस्ने गरेका थिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालहरु अहिले संक्रमितले भरिएका छन् । कोरोना संक्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *