२०७७ कार्तिक १२, बुधबार
Follow Us on:

आज थप १५५९ जना कोरोना संक्रमित थपिए: ७ काे मृत्यु

काठमाडौँ: नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ७ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४९८ पुगेको छ ।

आजै १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

आजै १ हजार ५७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ५६ हनार ४२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको छ ।

मन्त्रालयका अनुसार २० हजार ८९१ जना आइसोलेसनमा छन् भने ५ हजार ४२८ जना क्वारेन्टिनमा छन् ।

यसअघि मंगलबार १० जनाको मृत्यु भएको थियो । ७३१ जनाले कोरोनालाई जित्दा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *