२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

उपत्यकामा थपिए ६२ जना काेराेना संक्रमित

काठमाडौं: काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा बढ्दो जोखिमलाई यो संख्याले थप प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३८ जनामा र भक्तपुरका ११ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा संक्रमण पुष्टि भएको छ भने डी एण्ड डी ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ३ जनामा संक्रमण फेला परेको छ । यता स्टार अस्पताल सानेपामा काठमाडौंका २ जनामा र ललितपुरका १ जनामा संक्रमण देखिएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ । यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमणको पुष्टि भएको छ । योसंगै हालसम्म काठमाडौंमा ५४०, ललितपुरमा १०९ र भक्तपुरमा ७७ संक्रमित गरी उपत्यकामा संक्रमित हुनेको संख्या ७ सय २६ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरु नागढुंगा, साँगा र फर्पिङमा गरिएको १ हजार बढीको परीक्षणबाट ४० जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौं उपत्यकामा जोखिम बढेको निष्कर्ष पनि निकालेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *