२०७६ चैत्र २६, बुधबार
Follow Us on:

बैतडीका ३ जनामा कोरोना संक्रमणको आशंका

बैतडी: भारतबाट फर्किएका तीन जना नेपाली नागरिकमा उच्च ज्वरो देखिएको छ ।

बैतडीको गाउँपालिका ४ का उनीहरु केही दिन अघि मात्र नेपाल आएका हुन् । कोरोना संक्रमणको आशंका गरिएका उनीहरुलाई कैलपाल आधारभूत विद्यालयको एक कोठामा राखिएको छ । मजदूरीका लागि भारत गएका उनीहरु मध्ये एकजना मुम्बई, एकजना दिल्ली र एक जना हरिद्वारबाट फर्केका हुन । उनीहरुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा राख्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकाको पहलमा केही दिन अघि मात्र ३३ जनालाई भारतबाट नेपाल आउन अनुमति दिइएको थियो ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *