२०७६ चैत्र २६, बुधबार
Follow Us on:

दार्चुलामा दादुरा-रुबेला खोप अभियान, दोश्रो चरण शुरु

ललित सामन्त

दार्चुला: दार्चुलामा आजदेखि दादुरा–रुबेला खोप अभियानको दोश्रो चरण शुरु भएको छ । ९ महिनादेखि ५ बर्ष मुनिका हरेक बालबालिकालाई लगाइने यो खोप अभियान चैत १७ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पहिलो चरणमा दार्चुलाका ४ ओटा स्थानीय तहमा खोप अभियान सम्पन्न भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर विरेन्द्र प्रसाद भट्टले जानकारी दिए । जिल्लाको दुहु गाउँपालिका, व्यास गाउँपालिका, शैल्यशिखर नगरपालिका र नौगाड गाउँपालिकामा यही चैत २ गतेदेखि दादुरा –रुबेला खोप अभियान शुरु भएको थियो ।

आजदेखि मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, महाकाली नगरपालिका, अपि हिमाल गाउँपालिका र मार्मा गाउँपालिकामा खोप अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिए ।

बालबालिकाहरुलाई दादुरा–रुबेला रोग नलागोस भन्ने उद्देश्यले खोप अभियान सञ्चालन गरिएको हो । नजिकको खोप केन्द्रमा लगेर ९ महिनादेखि ५ बर्ष मुनिका आफ्ना बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *