२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

कोरोना भाइरसबाट स्पेनमा २ जनाको मृत्यु

एजेन्सी: विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट स्पेनमा अर्का एकजनाको पनि मृत्यु भएको छ ।

न्युमोनियाबाट समेत संक्रमित भएका ८२ वर्षीय वृद्धको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसअघि कोरोनाकै कारण एकजनाको मृत्यु भएको बुधबार पुष्टि भएको थियो । फेब्रुअरी १३ मा मृत्यु भएका ती नागरिक नेपाल घुमेर फर्किएको स्पेनी सञ्‍चारमाध्यमले जनाएका थिए । हालसम्म स्पेनमा २१९ जना संक्रमित भएको जनाइएको छ ।

विश्वभर कोरोनाबाट तीन हजार दुई सयभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढीको संक्रमित छन् । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *