२०७७ माघ १२, सोमवार
Follow Us on:

कोरोनाबिच आजबाट कक्षा १२ को परीक्षा सुरू

काठमाडौँ : कोरोना भाइरसको महामारीकाबीच आजबाट कक्षा १२ को परीक्षा सुरू भएको छ ।

संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको हो ।

४० प्रतिशत अंकका लागि लिइएको परीक्षा हरेक दिन बिहान ८ बजे सुरू भएर साढे ९ बजे सकिनेछ ।

बाँकी ६० प्रतिशतमध्ये कक्षा ११ उत्तिर्ण भएको आधारमा ४० प्रतिशत र २० प्रतिशत आन्तरिकरूपमा विद्यार्थीको मूल्यांकनबाट हुनेछ ।

बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दूरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सुरू गरिएको छ ।

संक्रमित परीक्षार्थी भए उसका लागि छुट्टै परीक्षा कोठाको व्यवस्था गरिएको छ । संक्रमितको परीक्षा भने १५ मिनेट ढिलो हुने गरी प्रबन्ध मिलाइएको छ ।

संक्रमितको परीक्षा १५ मिनेट ढिला हुँदा पनि आउजाउ र अरूसँगको जमघट नहुने विश्वास गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनु पर्ने छ । उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ । परीक्षा केन्द्रमा सेनिटाइजरको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

परीक्षाको अनुगमन र निगरानी अनलाइनबाटै गरिएको छ । बोर्डमा कन्ट्रोल रुमको व्यवस्था गरेर निगरानी गरिने व्यवस्था मिलाइएको हो ।

४ लाख ३२ हजार ५ सय विद्यार्थीको भौतिक उपस्थितिमै सुरू भएको यो परीक्षा मंसिर १६ गते सकिनेछ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले परीक्षा केन्द्रमा आउ–जाउ गर्दा स्वास्थ्य साबधानीका सबै उपाय अबलम्बन गर्न विद्यार्थीहरूलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *