२०७६ चैत्र २६, बुधबार
Follow Us on:

दार्चुलामा एसइईका प्रश्नपत्र सदरमुकाम फिर्ता

ललित सामन्त
दार्चुला: माध्यामिक शिक्षा परीक्षा (एसइई)का लागि दार्चुलाका परीक्षा केन्द्र पुर्‍याइएका प्रश्नपत्र सदरमुकाम फिर्ता ल्याइएको छ। गत बिहीबारबाट सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा कोविड–१९ को उच्च जोखिमका कारण स्थगित भएको थियो।

परीक्षाका लागि उत्तरपुस्तिकासहित परीक्षा केन्द्र पुर्‍याइएका सबै प्रश्नपत्र सुरक्षाकर्मीको समन्वयमा सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी यदु नाथ पौडेलले जानकारी दिनु भएको छ ।

दार्चुलामा माध्यामिक शिक्षा परीक्षाका लागि १६ वटा परीक्षा केन्द्र कायम भएको थियो। सबैमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको थियो। सम्बन्धित परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूले प्रश्नपत्र र उत्तरपुस्तिका रुजु गरी परीक्षा सञ्चालनको अन्तिम तयारी समेत गरिसकेका थिए। सदरमुकाम ल्याइएका प्रश्नपत्रहरु हाल प्रहरीको निगरानीमा राखिएको प्रशासनले जनाएको छ।

सरकारबाट अर्को सूचना जारी नभएसम्म ती प्रश्नपत्र प्रहरी निगरानीमै रहने शिक्षा समन्वय इकाई दार्चुलाले जनाएको छ। जिल्लामा यस वर्ष एसइई लागि नियमिततर्फ तीन हजार ६० र ग्रेडवृद्धितर्फ ४ सय ८८ जना परीषार्थी सहभागी हुने भएका थिए ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *