२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

भोलिदेखि सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा

तारा आचार्य

विराटनगर: भोलि चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारी पूरा भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले जानकारी दिएको छ । मोरङ जिल्लामा एसईईको लागि ७० वटा परीक्षा केन्द्र तोकिएको छ ।

मोरङ जिल्लामा नियमिततर्फ सामुदायिक, निजी र धार्मिक विद्यालयका १८ हजार ४ सय ६ जना विद्यार्थी सहभागी हुने जनाईएको छ ।

पूरक र ग्रेडबृद्धितर्फ २ सय ६९ जना गरी जम्मा मोरङमा १८ हजार ७ सय ७५ जना परीक्षार्थी रहेको र परीक्षा केन्द्रमा केन्द्राध्यक्षको पनि टुगाें लागिसेको इकाई प्रमुख दीर्घध्वज चापागार्इंले जानकारी दिनु भयो ।

उहाँले जिल्ला परीक्षा समितिको बैठक बसेर तोकिएको केन्द्रमा कार्यरत माध्यमिक तहका शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइसकेको जानकारी दिनुभयो ।

एसईई परीक्षालाई मर्यादित बनाउनकोे लागि जिल्ला परीक्षा समितिले केन्द्राध्यक्षहरुका लागि एक दिने अभिमूखीकरण गोष्ठी समेत गरी सकेको छ ।

कोरोना भाइरसको संक्रमणको हल्ला भइरहेको बेला प्रत्येक परीक्षा केन्द्रमा स्थानीय निकायहरुले हेल्थ डेक्स राख्ने निर्णय भएको छ । र, कतिपय स्कुलहरु आफैले सेनीटाइजर र हात धुने व्यवस्था समेत गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *