२०७६ माघ १५, बुधबार
Follow Us on:

तीन कक्षा उत्तीर्ण भएर पनि ३ मै पढ्न बाध्य चेपाङ बालबालिका

केदार शर्मा

चितवन:चितवनको पहाडी ईलाकामा बसोबास गर्ने चेपाङ तथा सीमान्तकृत समुदायका बाबालिकाहरु तीन कक्षाको पढाइ दोहोर्‍याएर पढ्न बाध्य छन् । उनीरु तीन कक्षा उत्तीर्ण भएर पनि घर नजिकै चार कक्षा पढ्ने विद्यालय नहुँदा तीनमै बस्नुपर्ने उनको बाध्यतामा छन् ।

चेपाङको बहुल्यता रहेको पहाडी क्षेत्र राप्ती नगरपालिका–१२ थन्द्राङ र कालिका नगरपालिका- ११ सैपामका चेपाङ बालबालिका नजिकमा विद्यालय नहुँदा समस्यमा परेका हुन् ।उक्त स्थानका बालबालिकाहरु चार कक्षा पढ्न नजिकैको विद्यालय पुग्न दुईदेखि तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता रहेको अभिभावकहरु बताउँछन् ।

राप्ति- १२ थान्द्रामा रहेको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयमा तीन कक्षा दोहोर्‍याउने बिद्यार्थी धेरै छन् । त्हाँमात्र नभई कालिका ११ सैपाममापनि तीन कक्षा दोहोर्‍याएर पढ्ने बिद्यार्थी छन् ।

राप्ती नगरपालिकाको १२ मा ६ र १३ नम्बर वडामा आठवटा आधरभूत विद्यालय छन् । १२ नम्बर वडाको यउरालीटारमा एउटा मावि छ । उक्त गाँउहरुमा बिद्यालय स्तरको पढाई सकेका ब्यक्ति पाउन धेरै मुस्किल हुन्छ । नजिकैको बिद्यालयमा तीन कक्षा सम्म पढाइ हुने हुँदा टाढाटाढा पुग्न असम्भवभ रहेकाे र पढाइ छोड्नुपर्ने बाध्यता रहेको ग्लाउथोक राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण प्रजा बताउछन् ।

संघीयता लागू भएपछि चेपाङ विकास कार्यक्रम बन्द भयाे । अनि सम्बन्धित पालिकाले चेपाङका बालबालिका लक्षित कार्यक्रम सञ्चालन गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको होे । सम्बन्धित पालिकाले विद्यार्थीको पढ्ने चहाना मात्रै बुझ्ने प्रयास गरेको भए पनि चेपाङको कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा धेरै चेपाङहरु निरक्षर बस्नुपर्ने थिएन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *