२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

यी ८ सरल तरिकाले अंग्रेजी फरर बोल्न सकिन्छ

काठमाडौं : अङ्ग्रेजीलाई अन्तराष्ट्रिय भाषाको रुपमा लिइन्छ । अहिलेको समयमा अङ्ग्रेजी बोल्न जान्नु अत्ति आवश्यक हुन्छ । अफिस वा अन्य कुनै बाहिरी देश जाँदा अङ्ग्रेजी बोल्न जान्नु आवश्यक हुन्छ । सामान्य एउटा जागिर खानका लागि पनि अंग्रेजीमा राम्रो ज्ञान हुनुपर्ने भइसक्यो । धेरै पढेका मानिसहरु पनि अंग्रेजी नजानेकै कारण पछि परेको उदाहरणहरु धेरै पाइन्छन् ।

त्यसैले कुनै पनि व्यक्तिलाई अङ्ग्रेजी सिक्नु महत्त्वपूर्ण छ । वास्तविक भाषामा र वास्तविक जीवनमा कुराकानी गर्न तपाईंको भाषा सीपहरू प्रयोग गर्नको लागि त्यहाँ अङ्ग्रेजीको आश्यकता पर्छ । आज हामीले अंग्रेजी कसरी राम्रो बोलन सक्छौ भन्ने बारेमा चर्चा गर्न गइरहेका छौं ।

१ सुनेको वाक्य बोल्ने अभ्यास गर्ने ।
कुनै पनि भाषा राम्रोसंग बोल्नका लागि त्यसलाई बारम्बार बोल्ने अभ्यास गर्नु गर्नु पर्छ । साना–साना बालबालिकालाई सुरुमा भाषा बोल्न सिकाइन्छ । त्यसपछि मात्रै पढ्न र लेख्न सिक्दछन् । भाषा सिक्ने क्रम भनेको पहिला सुन्ने हो, त्यसपछि सुनेको आधारमा बोल्ने अभ्यास गर्ने हो ।

२ दैनिक एउटा नयाँ शब्द सिक्ने
दैनिक एउटा नयाँ शब्द सिक्ने कोसिस गर्ने र यसलाई फरक फरक तरिकाले उच्चारण गर्ने गर्नुपर्छ । यो शब्द तबसम्म बोलिरहने तबसम्म राम्रोसंग याद हुँदैन । सम्भब छ भने त्यसलाई नोटमा टिपेर राख्ने बानी बसाल्नु पर्छ ।

३ अङ्ग्रेजी राम्रोसंग बोल्ने साथी बनाउने
साथी केवल मस्ती, घुम्न र सिनेमा हेर्नका लागि मात्रै होइन । कहिलेकाँही यस्ता साथीहरु बनाउनुहोस् जसले तपाईलाई सहयोग गर्न सकुन् । अब तपाई यस्ता साथीहरु बनाउनुहोस् कि जसले राम्रो अंग्रेजी जानेका हुन् र तपाईलाई सहयोग पुगोस् । अंग्रेजी सिक्नका लागि पर्ने साथीको आवश्यकता उसले पुरा गर्न सक्छ । साथीसंग भेटेको बेलामा अङ्ग्रेजीमा मात्र कुराकानी गर्ने । नजानेको कुरा साथीलाई सोध्ने गर्नु पर्छ ।

५ अङ्ग्रेजीमा सोच्न सुरु गर्ने ।
जुन कुरा सोच्ने गरिन्छ त्यसको एउटा शब्द बन्छ । त्यसैले अंग्रेजी बोल्नका लागि सबैभन्दा पहिला अंग्रेजीमा सोच्न सुरु गर्नु पर्छ । त्यसलाई आत्माविश्वासी भएर बोल्नुहोस् चाहे तपाईले बोल्ने चाहे त्यो गल्ती नै किन नहोस् । यसले तपाईर्ला विस्तारै विस्तारै नयाँ शब्द सिक्नसक्नुहुन्छ र आत्माविश्वासी बन्न सक्नुहुन्छ ।

६ शुद्ध उच्चारण गर्ने ।
जो अंग्रेजी बोल्न कोशिस गर्ने व्यक्तिले ध्यानपूर्वक सम्झिन जरुरी हुन्छ । जुन शब्द तपाईले बोल्न सकिरहनुभएको छैन भने गुगलबाट शुद्ध उच्चारण चेक गरेर बोल्न कोशिस गर्नुपछ ।

७ आवश्यक सामाग्री मात्रै पढ्ने ।
अंग्रेजी बोल्न चाँडो सिकिहाल्छु भनेर जे पायो त्यही सामाग्री पढ्ने वा सुन्ने काम त्यति फलदायी हुँदैन । धेरै ठाउँमा प्रयोग गरिने र प्राय सबै मानिसले प्रयोग गर्ने शब्द, फ्रेज तथा वाक्यलाई सिकेरमात्रै अंग्रेजी फरर बोल्न सकिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ ।

८ अङ्ग्रेजी फिल्म हेर्ने ।
अंग्रेजी बोल्न सिक्नका लागि दैनिक रुपमा अङ्ग्रेजी फिल्म हेन बानी बसाल्नु पर्छ । जसले गर्दा अङ्ग्रेजी बोल्न छिटो सिकिन्छ । सधै यस्ता फिल्म हेर्नाले तपाईको मस्तिष्कमा अङ्ग्रेजी शब्लको छाप बस्दछ । अर्को कुरा यसबाट नयाँ नयाँ शब्दहरु सिक्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *