२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

धादिङको शैक्षिक विकासमा हातेमालो गर्दै गणेश हिमाल सामुदायिक प्रतिष्ठान

काठमाडौँ : समाज सेवाको क्षेत्रमा कृयाशिल गणेश हिमाल सामुदायिक प्रतिष्ठानले आफ्नो सहयोगी हातहरु निरन्तर रुपमा अगाडि बढाउदै गएको छ । खास गरि बालबालिकाको शिक्षामा केन्द्रित भई सहयोग गर्दै आईरहेको प्रतिष्ठानले बिशेष गरि धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आईरहेको छ । २०७२ सालको भुकम्पले तहस नहस बनाएको विद्यालयको पुनर्निमार्णमा पनि पनि यस संस्थाले महत्वपुर्ण भुमिका खेलेको छ । यस संस्थाले खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा अबस्थित स्थानिय भुमे आधारभुत विद्यालयको लागि ४ कोठे विद्यालय भवन, त्यसै गरि सोही वडामा रहेको सिमल डाँडा आधारभुत विद्यालयमा पनि ४ कोठे भवन निर्माण गरि हस्तान्तरण गरेको थियो ।

प्रतिष्ठानले निरन्तर रुपमा गरिव, जेहेन्दार विद्यार्थीलाई सहयोग समेत गर्दै आइृरहको छ । प्रतिष्ठानले हालसम्म खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा अबस्थित स्थानिय भुमे आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि विद्यालय पोशाक र अन्य शैक्षिक समाग्री निरन्तर रुपमा सहयोग गर्दै आईरहेको छ भने सोही वडाको सिमलडाँडा आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पनि विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गर्दै आईरहेको छ ।

प्रतिष्ठानले हालसम्म खनियावास गाउँपालिका वडा नं ३ दार्खामा अवस्थित ल्याक्च्के कुण्ड आधारभुत विद्यालयको लागि कम्प्युटर तथा शैक्षिक सामाग्री सहयोग गरि सकेको छ भने सत्यदेवीमा अबस्थित स्थानिय भुमे आधारभुत विद्यालय र सिमलडाँडा आधारभुत विद्यालयको प्रशासनिक कामलाई सहयोग पुर्याउने उद्देश्यले फोटोकपी मेशिन सहयोग स्वरुप प्रदान गरेको छ । त्यसै गरि सत्यदेवीकै बच्छला माविमा कक्षा ८ मा अध्ययनरत एक बालिकाको सम्पुर्ण पढाई खर्च पनि सोही संस्थाले व्यहोर्दै आईरहेको प्रतिष्ठानकाे अध्यक्ष शिवहरी रिजालले जानकारी दिए । साथै साेही अभियानमा निरन्तर जोडिदै आईरहेका अर्का शिक्षा प्रेमी रामेश्वर रिजालका अनुसार धादिङ जिल्लाकै खाल्टेमा अबस्थित विद्यालय र विद्यार्थीहरुलाई पनि छिट्टै शैक्षिक सामाग्री वितरण गर्ने तयारीमा प्रतिष्ठान रहेकाे बताए ।

को हुन् रिजाल, कसरी जन्म भयो गणेश हिमाल सामुदायिक प्रतिष्ठानको
धादिङ जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित खनियावास गाउँपालिका वडा नं ५ सत्यदेवीमा २०३६ सालमा जन्मेका रिजाल सानैदेखि जिज्ञाशु स्वभावका व्यक्ति हुन् । युरोपमा करिव १० वर्ष विताएका रिजाल अहिले नेपालको पर्यटन क्षेत्रलाई आधार बनाएर व्यावसाय संचालन गर्दै आईरहेका छन् । युरोप बसाईको क्रममा युरोपका मानिसहरुले सबै नेपालीहरु गरिव हुन्छन् हो भनेर उनलाई प्रश्न गरे पछि अब नेपालमै केही गर्नु पर्छ भन्दै आाफु नेपाल फकिएर पर्यटन व्यावसायमा लागेको उनी बताउछन् । पर्यटन व्यावसाय संगै समाजिक क्षेत्रमा कृयाशिल हुने उद्देश्यले उनले सन् २०१३ मा गणेश हिमाल सामुदायिक प्रतिष्ठानको स्थापना गरेको बताउछन् ।

प्रतिष्ठान मार्फत सामजिक सेवामा होमीएका रिजाल नेपालको शैक्षिक क्षेत्र सुधार र प्रविधिमैत्री शिक्षण सिकाईले मात्रै नेपालको शैक्षिक क्षेत्रमा आमुल परिवर्तन आउने मत राख्दछन् । शिक्षा क्षेत्रको विकासले मात्रै देशको बिकास सम्भव हुने कुरा आफुले बुझेकाले नै नेपालको शैक्षिक क्षेत्रमा आफुले केही थोरै भए पनि योगदान गर्ने प्रयास गरेको उनले लेकबेशी खबरलाई प्रतिकृया दिए । उनी भन्छन् हामी नेपालको शैक्षिक विकासमा सरकारको सारथी बन्न चाहान्छौ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *