२०७६ माघ १५, बुधबार
Follow Us on:

उखु किसानले भुक्तानी नपाए भयावह स्थिति सिर्जना हुने राजेन्द्र महतोको चेतावनी

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले चिनी मिलबाट पीडित बनेका किसानले उखुको भुक्तानी नपाए भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन् ।

संयोजक महतोले चिनी मिलका किसानबाट उखु किसानलाई उखुको मूल्यसहित ब्याज समेत उपलब्ध गराइनुपर्ने बताएका छन् ।

‘उखु किसानले विगत कैयौं वर्षदेखि आफ्नो उखुको भुक्तानी नपाएकाले सुगर मिलका मालिकहरुसँग ब्याज र सरकारी अनुदानसहित भुक्तानी गराउन राज्यको दायित्व भएकाले तत्काल सरकारलाई पहलकदमी लिन जोडदार माग गर्दछु,’ संयोजक महतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘अन्यथा यसबाट उत्पन्न हुने भयावह परिस्थितिको लागि सरकार स्वयं जिम्मेवार हुनेछ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *