२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

बाटैमा लुटिन थाल्यो प्याज: ब्यवसायीहरु आतंकित

काठमाडौँ : प्याजको मुल्यमा एकाएक अस्वभाविक रुपमा मुल्यवृद्धि भएपछि ओसारपसार गर्दा प्याज लुटिएको छ । नेपाल भारत लगायत आसपासका मुलुकमा अहिले प्याजको मुल्य अस्वभाविक रुपमा बढेको छ । मुल्य बढेसंगै प्याज ओसार पसारमा पनि चुनौती थपिएको हो । भारतमा ब्यापारीक प्रयोजनका लागि गाडीमा लोड गरेर ओसार पसार गर्ने क्रममा प्याज बाटोमै लुटिएको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेका छन् । ब्यवसायीहरु यो घटनापछि आतंकित भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टनप्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक बाटोमै लुटिएको हो । लु टेरा समूहले ट्रक नियन्त्रणमा लिएर सबै प्याज लगेका छन् । प्रहरीलाई घटनावारे जानकारी पाएपछि घटनास्थल पुग्दा रित्तो ट्रक फेला परेको जनाएको छ । आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको थियो । समयमा उक्त ट्रक नपुगेपछि खोजतलास सुरु गर्दा लुटिएको थाहा भएको हो । प्रहरी सहित खोज्न निस्किएको ब्यापारीको टोलीले मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला पारेका थिए ।

प्याजको मूल्य बढेका कारण लुटेराहरुले ट्रकबाट प्याज ल टेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घट नामा उनीहरुको भूमिकाबारे खुलाइएको छैन । ट्रक फेला परेको क्षेत्रमा प्याजको बजारमूल्य प्रतिकिलो एक सय भारु पुगेको छ । नेपालमा अहिले प्याजको मुल्य त्यो भन्दा महंगो छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *