२०७८ बैशाख ३, शुक्रबार
Follow Us on:

कृतिम खुट्टा हाल्न गंगाजमुना गापाकी सरु मगरलाई अन्तराष्ट्रिय धादिङ समाजकाे आर्थिक सहयोग

काठमाडौँ : अन्तराष्ट्रिय धादिङ समाजले धादिङको गंगा जमुना गाउँपालिका वडा नं ५ बस्ने सरु मगरलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

क्यान्सरको कारण खुट्टा गुमाएकी मगरलाई कृतिम खुट्टा हाल्न सहयोग पुर्याउने उदेश्यले समाजले रु ३० हजार आर्थिक सहयोग गरेको हो । सो रकम संस्थाका अध्यक्ष एनके अर्यालले बिरामीकी श्रीमान कुमार मगरलाई एक कार्यक्रमका बिच हस्तान्त्रण गर्नुभएको हो । रकम हस्तान्त्रण कार्यक्रममा बरिष्ठ कराते प्रशिक्षक धु्रबबिक्रम मल्ल, धादिङ समाज युएईका पुर्व अध्यक्ष योगेन्द्र थापा, अन्तराष्ट्रि धादिङ समाजका महासचिव प्रमोद भट्ट लगायतको उपस्थिति रहेको थियो ।

कृतिम खुट्टा हाल्नमात्रै ६ लाख चाहिने र खुट्टा हाल्नुभन्दा अगाडि गर्नुपर्ने विभिन्न उपचारको लागि दैनिक २ हजार ५ सय खर्च गर्नु पर्ने भए पनि अहिले उपचारको लागि रकम अभाव भएको भन्दै उनका श्रीमान कुमार मगरले विभिन्न संघसंस्था तथा व्यक्तिहरुसंग हारगुहार मागिरहेका छन् ।

परिवारिक आर्थिक अबस्था एकदमै कमजोर रहेको र भएको केही पैसा पनि श्रीमतीको उपचारमै सकिएकाले आफु सबैसंग सहयोग माग्न बाध्य भएको लेकबेशी खबरलाई बताए ।
सरु मगरको लागि सहयोग गर्न चाहने महानुभावहरुले उनको श्रीमान कुमार मगरलाई ९८४११४५५०७ मा वा लेकबेशी खबरका सम्पादक प्रमोद भट्टलाई ९८५११९०३६७ मा सम्पर्क गरेर पनि सहयोग रकम उपलब्ध गराउँन सक्नुहुने छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *