२०७८ बैशाख ३, शुक्रबार
Follow Us on:

धादिङ समाज जापानको चौथो अधिबेसन सम्पन्न अध्यक्षमा लाेहाेनी सर्बसम्मत

जापान : धादिङ समाज जापानको चौथो अधिबेसन सम्पन्न भएके छ । अधिबेसनबाट आगामी २ वर्षको लागि दिनेश शर्मा लोहोनीको अध्क्षतामा २३ समितीय कार्यसमिति सर्बसम्मत चयन गरिएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा श्यामहरी तिम्सिना, उपाध्यक्षमा राम सिम्खडा, सन्तोष तिवारी र दिनेश अधिकारी, महिला उपाध्यक्षमा सुजाता दुवाडी, महासिचबमा बिमल श्रेष्ठ, सचिवमा बिजय सडौला
र प्रल्हाद अधिकारी, कोषाध्यक्षमा बिष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा राम बाबु दनाई, सदस्यहरुमा शुसान्त बानियाँ, बद्री खनाल, पुष्पक अर्याल, दिनेश पण्डित, कृष्ण मगर, दिपक बिष्ट, गोकर्ण रुपाखेती, शुवास पाण्डे, राजेश्वर बस्नेत, ध्रुब भट्टराई, मदन कोईराला र बद्री पाण्डे रहेका छन् ।

धादिङबाट जापान गई विभिन्न पेशा व्यवसायमा आबद्ध रहेका धादिङेली बिच भाईचारा स्थापित गरि धादिङेहरु बीच आत्मियता बढाउने उद्देश्यका साथ धादिङ समाज जापानको स्थापना भएको हो । समाजले जापान भित्र रहेका धाधादिङेली बिच तथा जिल्लाको विकास र समृद्धीका साथै विपतको समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *