२०७७ माघ १२, सोमवार
Follow Us on:

डा. नवीनबन्धु पहाडी इन्ट्रिग्रेटी आइकनको उत्कृष्ठ पाँचमा

काठमाडौँ : इमान्दारितापूर्वक आफ्नो पेशा प्रति उत्तरदायि भई कार्य गर्ने उत्कृष्ठ ५ राष्ट्रसेवकको सुचिमा धादिङका शैक्षिक हस्ति डा. नवीनबन्धु पहाडी छनौट हुनुभएको छ । इन्ट्रिगेटी आइकन २०२० का छनौट भएकाहरु विभिन्न पेशामा आबद्ध व्यक्तिहरु रहेका छन् । आयोजक संस्थाले एक वर्षको सुक्ष्म निरीक्षणबाट उत्कृष्ठ र नमूनायोग्य काम गरेकाहरुलाई सेवाग्राहीकै सिफारिस तथा सम्पादित कार्यहरुका आधारमा छनौट गरिएको हो । यसै बिच इन्ट्रिगेटी आइकन २०२० का लागि छनौट भएका धादिङ डा. पहाडी लामो समयदेखि शिक्षा क्षेत्रको बिकासमा तल्लिन हुनुहुन्छ । विद्यालय तहदेखि स्नाकोक्तर तहसम्म अध्यापन गराउँदै आउनु भएको छ । उहाँ हाल नीलकण्ठ माध्यमिक विद्यालय, नीलकण्ठ बहुमुखी क्याम्पस,आमाको माया छात्राबासमामा समर्पित भएर अध्यापन गराइरहनु भएको छ ।

उहाँसंगै नेपालगञ्ज जनस्वास्थ्य चौकीकी जनस्वास्थ्य निरिक्षक आरती थारु, डा. दिपक ज्ञवाली, कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका हेम थापा र मङ्गलसेन नगरपालिकाकी महिला विकास शाखाकी अधिकृत मञ्जु महत पनि इन्ट्रिगेटी आइकनको उत्कृष्ठ ५ मा पर्न सफल हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *