२०७७ माघ १२, सोमवार
Follow Us on:

जनबल बचत तथा ऋण सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ : जनबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड केलटोल काठमाडौँको ८ औँ वार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

आर्थिक समस्याको हल विस्वाशिलो जनबल भन्ने मुल नाराको साथ स्थापित उक्त सहकारीले आर्थिक बर्ष २०७६ ७७ मा मात्रै कुल २६ लाख १६ हजार २ सय ३३ रुपयाँ मुनाफा गर्न सफल भएको छ । हाल संस्थाको कुल सम्पति ४२ करोड ४८ लाख ९२ हजार ८ सय ६४ पुगेको छ । सहकारीमा कुल २ करोड ४७ लाख ५८ हजार ६ सय सेयर रकम संकलन भएको छ जुन गत आर्थिक बर्ष भन्दा ७.७५ प्रतिशतले बढी हो ।

संथाले हालसम्म ३७ करोड ३५ लाख ३० हजार ५ सय ३१ रुपयाँ निच्छेप संकलन गर्न सफल भएको देखिन्छ । कोभिड १९ को विषम परिस्थीतिमा पनि सहकारीले नाफा दर बढाई आफ्ना सेयर सदस्यहरुलाई बोनस दिन सफल भएको प्रबन्ध निर्देशक दामोदर रिजालले बताउनु भयो ।

महिलाले नेतृत्व गरेकाे सिमित सहकारीहरू मध्ये छोटो समयमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको सो सहकारीले अहिले सामाखुसी र चावहिलमा पनि सेवा केन्द्र विस्तार गर्न सफल भएको छ । सहकारीले अहिले ३१ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल भएको छ भने धेरै साना लगानिकर्ताहरु माझ प्राथमिकताका साथ रिर्ण लगानी गर्दै उनीहरुको व्यावसायलाई अगाडि बढाउन सहयोग गरेको छ । सहकारीले अब छिट्टै ललितपुर र भक्तपुर जिल्लामा समेत सेवा विस्तार गर्ने लक्ष्य लिएको सचिव रामचन्द्र रिजालले बताउनु भयो ।

साधारण सभा संस्थाकी अध्यक्ष इन्दु मिश्रकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *