२०७७ माघ १२, सोमवार
Follow Us on:

अमेरिका जाने तयारीमा रहेका दम्पत्तिको मृत्यु शंकास्पद

काठमाडौँको टोका नगरपालिका-३ मा शनिबार बिहान मृत फेला परेका दम्पती अमेरिका जाने तयारीमा रहेको खुलेको छ।

सुर्खेत पुर्खेउली घर भएका उमेश केसी र श्रीमती सदीक्षा गिरी शनिबार बिहान आफ्नै कोठामा मृत फेला परेका थिए। उनीहरु केही समयपछि अमेरिका जाने तयारीमा रहेका आफन्तजनले जानकारी दिएका छन्।

२०७२ देखि अमेरिकामा बस्दै आएका केसीले केही महिनाअघि मात्रै ग्रिनकार्ड पाएका थिए। दशैँमा नेपाल आएका उनी अमेरिका फर्कने तयारीमा रहेका आफन्तको भनाई छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार राती ९ बजे घटना भएको हो। केसी ओछ्यानमा मृत अवस्थामा फेला परेका र गिरीको शव भ¥याङ नजिक झुण्डिएको अवस्थामा भेटिएको हो।

दुवैको शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । प्रहरी स्रोतका अनुसार श्रीमान्को हत्या गरी श्रीमतीले पनि आत्महत्या गरेको अनुमान छ। तर शव परीक्षणपछि मात्रै घटनाको तथ्य कुरा खुल्ने विष्टले बताए।

केसीका परिवारका सदस्यले भने कर्तव्य गरेर घटना घटाइएको आरोप लगाएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार केसीको टाउकोमा चोट लागेको छ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *