२०७८ बैशाख ३, शुक्रबार
Follow Us on:

साथीको हत्या गरेर फरार युवा पक्राउ !

काठमाडौं: मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय विकास वाइवाका हत्यारा ललितपुरबाट पक्राउ परेका छन्।

कात्तिक २१ गते दिउँसो साढे ३ बजे  साथीको हत्या गरेर भागेका  २० वर्षीय शंकर भन्ने भीमराज भोलनलाई ललितपुरमा गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।

हत्या आराेपी  भोलन प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो।

सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसी चुरोट खाइरहेको अवस्थामा विवाद हुँदा खुकुरीले हानेर शंकरले विकासको हत्या गरेको प्रहरीको भनाइ छ।

शंकरले विकासलाई लखेटी–लखेटी खुकुरी प्रहार गरेको र पछि घाँटी छिनाएको मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए। साथीको हत्यापछि शंकर फरार थिए।

मकवानपुर प्रहरीले जिल्लाभर व्यापक रुपमा प्रहरी परिचालन गर्दै जिल्लाका सीमा नाकाहरू समेत शील गर्दै भोलनको हुलिया र फोटो पठाएर खोजतलास व्यापक बनाएको थियो।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *