२०७७ कार्तिक ३, सोमवार
Follow Us on:

खोलामा माछा मार्न गएकी महिलाको शव गाडिएको अवस्थामा फेला !

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ ।

मङ्गलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताए ।

महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धानको गरिरहेको छ । मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *