२०७७ कार्तिक ७, शुक्रबार
Follow Us on:

कंलकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ

काठमाडौं: ब्रोइलर कुखुराका चल्लालाई  मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएकाे हो ।

यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।

सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले पक्राउ गरेका छ ।

करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो ।

प्रहरीले कुल  २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरिहेको पाइयो, उहाँले भन्नुभयो ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *