२०७७ कार्तिक ७, शुक्रबार
Follow Us on:

सुबोध गौतम (एकदुमे) लाई पितृशोक

ओखलढुंगा : नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) लाई पितृशोक परेको छ । गौतमका पिता ६२ बर्षिय शिव कुमार गौतमको आईताबार मध्यान्न आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।

लामो समय देखि दम रोगको पिडित गौतमलाई थप समस्या भए पछि उपचारको लागि जिल्ला कै सामुदायिक मिशन अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केहि सुधार आए पछि घर लगिएको थियो । घर लगिएको २० दिन पछि गौतमको निधन भएको परिवरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *