२०७७ अशोज १४, बुधबार
Follow Us on:

बालिकालाई बलात्कार गरेको अभियोग धादिङका एक युवक पक्राउ

धादिङ : १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *