२०७७ असार १८, बिहिबार
Follow Us on:

रुकुममा मदिरा सेवन गरि गएका वडाध्यक्ष सहितको टोलीले गरे प्रहरी चौकी तोडफोड !

पश्चिम रुकुम: पश्चिम रुकुममा वडाध्यक्षसहितको टोलीले प्रहरी चौकी तोडफोड गरेको छ ।

मदिरा सेवनगरि गएका वडाध्यक्षसहितको टोलीले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोस्टमा तोडफोड गरेको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले प्रहरी चौकी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

वडाध्यक्ष केसीले मदिरा सेवन गरी प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद गरे लगत्तै चौकी तोडफोड गरेको प्रहरीले जनाएको छ ।

आक्रमणमा प्रहरी चौकीमा क्षति पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *