२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

रोल्पामा चट्याङ लागेर २ जनाको घटनास्थलमै मृत्यु

रोल्पा: चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा आज दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिनुभयो ।

बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै मृत्यु भएको हो । झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठा समेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर गुरुङले बताउनुभयो ।

घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *