२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

कुवामा पानी लिन गएको बेला १५ वर्षीया किशोरीमाथि बलात्कार !

सर्लाही : १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालबन्दी नगरपालिका-१३ करमदन्ती बस्ने ३० वर्षीय चन्द्र बहादुर वाईबालाई प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित कुवामा पानी लिन गएको अवस्थामा ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दी र अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *