२०७७ साउन ३०, शुक्रबार
Follow Us on:

धादिङ र धनुषामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं : धादिङ र धनुषामा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । धादिङ, धुनिवेशी नगरपालिका-६ जामुनेस्थित सडकमा मंगलबार साँझ बा.३ क ११०३ नम्बरको आईचर गाडीको ठक्करबाट मकवानपुर थाहा नगरपालिका-११ बस्ने रवि तामाङको ३ वर्षीय छोरा कुनाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, लक्ष्मिनिया गाउँपालिका-६ ढल्केबरस्थित सडकमा ज.१ क २८३ नम्बरको बसले ज.१० प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने १८ वर्षीय संतोष ठाकुर र मोटरसाइकलमा सवार सोही स्थान बस्ने १९ वर्षीय मोबारक राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *