२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

छोरीको साथमा हुने पिता संसारकै भाग्यमानी ! यस्तो छ कारण ?

काठमाडौं : हाम्रो समाजमा अझै पनि छोरीलाई हेलाको नजरले हेर्ने गरिन्छ। तर छोरीले आमा ,बुबाको जीवनमा खुशी भर्नुका साथै बुबाको उमेर केही वर्ष बढाउँने गर्छिन । पोल्याण्डको जागिलोनियन युनिभर्सिटीले गरेको एक अध्ययनमा छोरीहरुका बुवाहरू छोरी नभएकाहरू भन्दा बढी बाँच्ने गरेको अध्ययनले पुष्टि गरेको छ । उक्त अध्ययनले छोरीभएको घरमा उसको बुबाको उमेर ७४ हप्ता बढ्ने गरेको बताइएको छ । त्यसैले छोरी हुने बुबाको लामो आयु हुन्छ।

विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले बुबाको स्वास्थ्य र उमेरको प्रभाव जान्नका लागि ४,३१० जनाको डाट संकलन गरेका थिए । २१६३ बुबाहरूले भाग लिएका थिए । अन्वेषकहरूले पहिलेको अध्ययन बच्चाको जन्म पछि आमाको स्वास्थ्य र उमेरको बारेमा गरिएको बताएका छन् । विश्वविद्यालयका एक अनुसन्धानकर्ताका अनुसार छोरीहरू भन्दा छोरालाई प्राथमिकता दिने बुबाहरूले आफ्नो जीवनको केही वर्ष आफै घटाएको बताएका छन् ।

छोरीको जन्म बुबाको लागि खुशीको खबर हो, तर आमाको लागि होइन। किनभने मानवीय जीवविज्ञानको अमेरिकी जर्नलमा गरिएको एउटा पहिलो अध्ययनले छोरा र छोरी दुबैको आमाको स्वास्थ्यमा नकरात्मक प्रभाव पर्दछ र उनको उमेर घट्ने गरेको बताइएको छ । पहिलेको अनुसन्धान पनि त्यस्तै दाबी गर्दछ । एजेन्सी

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *