२०७६ मंसिर २०, शुक्रबार
Follow Us on:

पैसाका लागि आमाले बनाइन् यौन व्यवसायी

एजेन्सी: साउथ इन्डियाकी चर्चित पोर्न नायिका शकिला खानको १९ नोभेम्बरमा जन्मदिन हो । शकिला आफैंमा एक चर्चित हस्ती हुन् र उनी आफ्नै परिवारका कारण जीवनमा धेरै कुरा सहन बाध्य भइन् ।

शकिलाको जीवन उतारचढावले भरिएको छ । कहिले पैसाका लागि आफ्नै आमाले यौन व्यवसायमा धकेलिन त कहिले अरुले उनलाई सुखसँग बाँच्न दिएनन् । उनले २० वर्षको उमेरमा सफ्ट पोर्न फिल्म ‘प्लेगर्ल’ बाट आफ्नो करियरको सुरुवात गरिन् ।

फिल्ममा शकिलाले सपोर्टिङ नायिकाको भूमिका निभाएकी थिइन् । चेन्नईमा जन्मिएकी शकिलाको बाल्यकाल गरिबीमा बित्यो ।

उनले ६ कक्षासम्म मात्र औपचारिक शिक्षा लिइन् । शकिला आज पनि साउथ फिल्ममा सक्रिय छिन् । उनले मलायलम, तमिल, तेलगु र कन्नड फिल्ममा काम गरिसकेकी छन् ।

सन् २००० मा मलायली भाषाको फिल्म ‘किन्नर थुंबिकल’ आयो । यो फिल्म निकै चर्चित भयो र केही भाषामा डबिङसमेत गरियो ।

यही फिल्मबाट उनी चर्चामा आइन्, तर ‘एडल्ट’ नायिकाका रूपमा । उनले अहिले २५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । आफ्ना भाइ बहिनी र आमालाई पाल्नकै लागि उनले यस्ता फिल्ममा काम गरिन् ।

फिल्म क्षेत्रमा चर्चा कमाएकी उनले आफ्नो जीवनी लेखिन् र मलयाली भाषामा छपाएकी छन् । पुस्तकअनुसार सानै उमेरमा नै उनलाई एक व्यक्तिले बलात्कार गरेका थिए । उनले शकिलाकी आमालाई पैसा दिएर बलात्कार गरेका थिए । अब शकिलाको जीवनीमा आधारित फिल्म आउँदैछ, जसमा उनको उतारचढावपूर्ण जीवन देख्न सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *