२०७७ अशोज १३, मङ्लबार
Follow Us on:

केकी अधिकारीसंग १६ प्रश्न : धेरै जना मन परे , त्यो अहिले नसम्झिउँ

नायिका केकी अधिकारी अहिले खुशी छिन् । उनी अहिले चलचित्र क्षेत्रको सबैभन्दा चलेको टिमसँग सहकार्य गर्न पाउँदा पनि खुशी छिन् । नायिका अधिकारीलाई फेसनको मामलामा भने त्यती सफल मानिदैन ।

केकीको पहिरनमा विविधता हुदैन भनिन्छ । केकी अधिकारीले लगाउने पहिरनले दर्शकको ध्यान तान्न भने सकेको छैन । नेपाली चलचित्रमा चलचित्र नचलेपनि चल्ने केही नायिकामा केकी पनि पर्छिन् । यसअर्थमा उनी भाग्यमानी नायिका हुन् ।

तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ?
म सँग भएको सबैभन्दा बहुमूल्य वस्तु भनेको मेरा किताबहरू नै हुन् ।

यदि घर छाडेर जानुपर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
घर छाडेर जाँदा म आफ्नो मोबाइल कहिले बिर्सन्नँ । मोबाइलबिना म कतै जान सक्दिनँ ।

तपाईंलाई आफ्नो सबैभन्दा बढी गर्व लाग्ने वस्तु के हो ?
मेरो परिवार जसले मेरो हरेक इच्छा आकाङ्क्षा पूरा गर्नुभयो । अर्को मलाई बढी गर्व लाग्ने कुरा भनेको मेरो काम हो ।

घरको कुन कोठामा सबैभन्दा बढी मन पर्ने वस्तुहरू छन् ?
आफ्नै कोठामा, मेरो बेडरुममा मलाई मनपर्ने वस्तुहरू छन् ।

कुन वस्तु किन्दा सबैभन्दा बढी सन्तुष्टि मिल्छ ?
मलाई किताब किन्दा बढी आनन्द आउँछ । म धेरै महँगो कुरामा रुचि पनि राख्दिनँ ।

कुन वस्तुबिना तपाईं एकछिन बाँच्न सक्नुहुन्न ?
यसमा, हामी हावापानीबिना एकछिन पनि बाँच्न सक्दैनौँ । त्यस्तो बाँच्नै नसकिने कुरा त त्यस्तो केही छैन ।

तपाईंले कहिल्यै आपूले महवपूर्ण ठानेको वस्तु चोर्नुभएको छ ?
मैले स्कुलको लाइब्रेरीबाट पुस्तक चोरेकी छु ।

आफ्ना वस्तुसँग तपाईंको आत्मीयता कत्तिको छ ?
मलाई भौतिक चिजसँग त्यति लगाव छैन । मोबाइल, स्कुटीसँग मेरो आत्मीयता छ ।

तपाईंले बाल्यकालमा कुन कुरालाई महवपूर्ण ठान्नु भयो ?
म बाल्यकालमा स्कुलमा सधैँ पहिला नै हुन्थेँ । म अलि पढाकु पनि थिएँ । यो नै मेरा लागि महìवपूर्ण कुरा थियो ।

तपाईं कस्तो स्वभावको महिला हो ?
म अरूको कुरा धेरै सुन्न सक्छु । अरूले बोल्दा झट्ट कुरा काट्ने बानी छैन । म धैर्यवान् भएर बस्न सक्छु ।

जीवनमा कहिल्यै कोही मन परेको छ ?
धेरै जना मन परे । त्यो अहिले नसम्झिउँ होला ।

राति घरबाट बाहिर जानु प¥यो भने कहाँ जानुहुन्छ ?
राति घरबाट बाहिर निस्कने काम खासै पर्दैन । यदि गइयो भने नजिकमा नै मामाघर छ, त्यहीँ जान्छु ।

तपाईंले कसैलाई नभनेका आफ्ना तीन बानी के के हुन् ?
म अचारप्रेमी हुँ, अलि रुन्ची पनि छु र मलाई कसैले ठूलो भएर बोलेको मन पर्दैन ।

तपाईंको मन पर्ने फेसनशैली कुन हो ?
त्यस्तो केही छैन । मलाई फेसनप्रति त्यति लगाव छैन । मजस्तो छु सन्तुष्ट छु ।

मनमा शङ्का उब्जिए के गर्नुहुन्छ ?
फोन गर्छु । कुरा के रहेछ भनेर स्पष्ट हुन्छु ।

तपाईंलाई कस्तो खालको केटा मन पर्छ ?
मलाई अध्ययनशील, मैले भनेका कुरा बुझ्ने, काम गर्दा धैर्यसाथ गर्ने केटा मनपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *