२०७७ साउन २९, बिहिबार
Follow Us on:

कोरोनाले फेरी बेलायतमा एक नेपालीको ज्यान लियाे

काठमाडौं:कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ ।

दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो । अहिले साउथ इस्ट लण्डनमा बस्दै  अर्यालको गत सोमबार बिहान निधन भएको थियो । पछि उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । उनमा ब्लड प्रेसर पनिरहेको बताइएको छ।

बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्यालको पारिवारिक स्रोतले जनाएको छ । अर्यालको पुर्ख्यौलि घर चितवन हो ।

केहि समयदेखि सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका अर्याललाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो।

स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो ।गत साता लण्डनमा नै बस्ने नेपाली भूपू गोर्खा सैनिक लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *