२०७७ साउन २९, बिहिबार
Follow Us on:

अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । मदिराले मात्तिएपछि युवाहरुबीच भएको कुटाकुटले एक जनाको ज्यान गएको हो ।

मृत्यु हुने २३ वर्षका युवक रहेको जनाइएको छ । गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा शुरु भएको विवादले उग्र रुप लिएपछि ती युवकको मृत्यु भएको थियो ।

बारमा तीन तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।

त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *