२०७७ साउन २९, बिहिबार
Follow Us on:

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक नेपालीको मृत्यु

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका  पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो।

संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो। 

तीन दिनअघि राईको मृत्यु भए पनि अस्पतालले शनिबार मात्र उनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेकाे हाे । पारिवारिक स्रोत लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा राईको मृत्यु भएको हो । राईको परिवार आइसोलेसनमा रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *