२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

धादिङ समाज दक्षिण कोरियाको अध्यक्षमा मनोज थापा

धादिङ : धादिङ समाज दक्षिण कोरियाको बार्षिक साधारण सभा तथा सातौं अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट मनोज थापाको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरिएको छ ।

त्यसै गरि संस्थाको वरिष्ठ उपाध्यक्ष अजित बहादुर घले, उपाध्यक्ष राजेन्द्र गौतम, दिनेश रिजाल र धुर्ब थापा त्यसै गरी महासचिवमा सुबास सिम्खडा, सचिव शम्भु अधिकारी र हरी बिडारी, कोषाध्यक्ष आशा ब. गुरुङ, सह- कोषाध्यक्ष राम प्र. प्याकुरेल तथा सदस्यहरुमा अमर बहादुर घले र सुरेन्द्र इटनी चयन भएका छन्। उक्त भेलामा नव निर्बाचित कार्यसमितिले तीन सदस्य मनोनित गर्ने गरी १५ सदस्यिय कार्यसमिति बनाउने निर्णय पनि गरिएको निवर्तमान अध्यक्ष सन्ताेष अधिकारीले लेकबेशी खबरलाइ जानकारी दिए ।

संस्थाका संरक्षक प्रकाश धमलाको संयोजकत्वमा सल्लाहकारहरु रामहरी दाहाल र राजेन्द्र थपलियाको निर्बाचन मण्डलले साे अधिवेशनलाइ सम्पन्न गराएकाे हाे ।

प्रबासी धादिङेलीहरुको कोरियाली मित्र संजाल तथा सुख दु:खको चौतीरीकाे रूपमा रहेकाे धादिङ समाज कोरियाको साे बार्षिक साधारण सभा तथा सातौँ अधिबेशन कोरियाको राजधानी सियोल स्थित आगमन रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएकाे थियाे । साे कार्यक्रम संस्थाको संरक्षक तथा नि:बर्तमान् NRNA Korea का ICC प्रतिनिधी प्रकाश धमलाकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे थियाे । त्यसै गरि कार्यक्रममा NRNA, NCC, पत्रकार महासंघ, प्रदेश तीन एकता समाज लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

साे कार्यक्रमकाे सभापतित्व धादिङ समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन महासचिव प्रेम गुरूङले गरेका थिए।

संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै निवर्तमान अध्यक्ष सन्तोष अधिकारीले आफ्नो टिमले यो कार्यकालमा सँधै सबैले गर्ने भन्दा अलि फरक किसिमको कार्यक्रमहरु संचालन गरी संस्थालाई चिनाउने काम गरेको भन्दै आगामी टिमलाई अझै फरक किसिमका उल्लेखनिय कार्य सम्पादन गर्दै संस्थाको उचाई र प्रसंशा बढाउन अनुरोध पनि गरेका छन् । अधिबेशनको बन्द सत्रमा कोषाध्यक्ष सुबास सिम्खडाले दुई करोड वन भन्दा माथिको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसै गरि कार्यक्रमकै अबसरमा कोरियामा आफ्नो बैधानिक कार्यसमय अन्त्य गर्दै मातृभूमि जाँदै गर्नुभएका नि: बर्तमान महासचिव प्रेम गुरूङ र सचिव राम आचार्यलाई सम्मान तथा बिदाई पनि गरिएको थियो ।

धादिङ समाज काेरीयाले जिल्लागत र समग्र नेपाल तथा कोरियामा बिभिन्न किसिमका सामाजिक कार्यमा कृयाशिल रहँदै आईरेहेको छ । साे संस्थाले धादिङ जिल्लाको सदरमुकावमा सुबिधा सम्पन्न अपांगमैत्रि सार्बजानिक शाैचालय निर्माण गर्नुको साथै ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै एम्बुलेन्स पनि संचालनमा पनि ल्याएको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *