२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा खकुराल नियुक्त

काठमाण्डौ: अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा राजन खकुराल नियुक्त भएका छन्। धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपूर स्थायी घर भएका खकुराल बिगत दश बर्ष देखि बेलायतलाई कार्य क्षेत्र बनाई सामाजिक कार्यमा समेत सक्रिय हुँदै आएका छन् । एक सफल युवा व्यवासायी, समाजसेवी तथा स्वास्थ्यकर्मी खकुराल निडर, बहुप्रतिभाशाली, उदयमान एनआरएनएका युवा नेताले चिरपरिचित छन् ।

खकुराल प्रवक्ता नियुक्ति भएसंगै सस्था अझै बलियो हुने र आफु लगायत सम्पूर्ण कार्यसमितिलाई काम गर्न उत्साह बढेको समाजका अध्यक्ष नानुकाजी अर्यालले जानकारी दिए । खकुराल प्रवक्तामा नियुक्ति भएसंगै समाज सम्पूर्ण धादिङबासीहरुलाई एकै ठाउँमा जोड्न थप बल पुगेको र सामाजिक सेवामा समाज अझै सशक्त भएर अगाडि बढ्ने महासचिव प्रमोद भट्टले बताए । ‘’हाम्रो धादिङ, राम्रो धादिङ‘’ ‘’सम्पूर्ण प्रबासी धादिङेलिको अभियान, शान्त र समृद्द हाम्रो पहिचान’’ को मूल नारा लिएर स्थापित भएको सस्थाले अहिलेसम्म ३६ वटा देशमा आफ्नो नेटवर्क विस्तार गरिसकेको छ ।

नेपाल सरकारका संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा १३ अक्टोबर २०१९ मा काठमाडौंमा सम्पन्न प्रथम अधिवेशनबाटमा नानुकाजी अर्याल लगाएत १३ सदस्यिय कार्यसमिति निर्बिरोध निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *