काठमाडाैँ : हिन्दुहरुको महान पर्व बिजया दशमीको अवसर पारेर दशैं बिशेष गीत “झल्को गामको” सार्वजनिक भएको छ । यस गीतमा राजन कार्की र शान्ती श्री परियारको स्वर रहेको छ । सो गीतमा सरिता मरासिनीको शब्द, सागर लामाको संगीत रहेको छ ।
चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित, रश्मी भट्ट, सुमन परियार, चिजा तामाङ, पुजा भट्टको अभिनय रहेको छ ।