कविता शीर्षक :ग्रहण
क्षितिजकाे पन्यालाे आलाेक
ओर्लेर
धरतीकाे लम्पसार अँध्यारो
लखेट्न नभ्याउँदै
सपनाका अनिदा त्यान्द्राहरुलाई
मझेरीमै चिहान बनाएर
अाफूभन्दा ग-हाै
जिम्मेवारीले थिचिएर
मन नघिस्रिए पनि
शरीर घिसारिरहन्छ बूढाे सूर्य
अालाेक मैल्याएकाे
धमिलाे प्रकाशमा
खेलिरहने दर्शन
हात उठाएका मुठ्ठीहरू
छकाएर रातारात
सपनाहरुमा खेल्ने समय
बलात्
बेचेर छाेरीकाे भविष्य
चिहानधारीमा सेलाएर छाेराकाे सपना
हरेक बहानाका तिकडम
कमिशनका मलमूत्र गन्हाएकाे
निस्ताे उभ्भिरहन्छ
मेराे अगाडि ,कालाे अनुहार
सधैं खेपिरहन्छु ग्रहण ।
कविता रचना- डा. नवीनबन्धु पहाडी