बाबुकाजी सिलवाल
हिमाल पहाड तराई सम्म मैदान हाम्रो
लेकबेसी खोला नाला देख्दा झनै राम्रो
यही देखि छिमेकीले गाड्नु आँखा गाडे
हाम्रा सबै नेताहरु लगलगी कामे ।।
रातारात उखेलेर फाले जङ्गी खम्वा ।
डाँडाकाँडा कब्जा भए भए सम्म भूमि ।।
राती सुत्दा नेपाली छन् भोलि परदेशी
मेरो भन्ने आँट छैन च्याप्छन् देखि देखि
फेरि जन्म लिनुपर्यो पृथ्वी बहादुर
फिरङ्गीलाई जित्ने हाम्रा सूरवीर ।।
आफ्नो भूमि बचाउन लङ्नसम्म लडे ।
अहिलेका यी नेतृत्वले बाँडिचुडी खाए ।
नेपालको भूमि हुँदै मानसरोवर
छिमेकीले लुटी खायो हाम्रो आफ्नै घर
सुस्ता खाए,कालापानी , लिपुलेक खायो
चिन पनि आफ्नो स्वार्थ पूरा हुँदा अब चुप भयो ।।
जोगाउनु पर्छ साथी हाम्रो आफ्नो माटो
माटो जस्तो कहिल्यै हुन्न अर्को कुनै साटो
रगतको टिको लाउँ लिपुलेक जाउँ
आफ्नो माटो जोगाउन बली चढ्न पाऊँ ।।।
सिलवाल धादिङ निवासी हुन् ।