२०७६ चैत्र २६, बुधबार
Follow Us on:

सहिद दिवस: ‘चर्चा परिचर्चा र महत्त्व’ कविता

कविताकाे शिर्षक- चर्चा परिचर्चा र महत्त्व

इन्दु धामी

सम्झेन तिनले घर, परिवार
टेकेनन घुडा शत्रुसामुन्ने, झुकेन त्यो शिर
वीर सपुतको राजद्रोह र देशद्रोह
प्रवाहले,
हरेक ऐनामा कस्तो तस्विर देखियो कुन्नि ?
सम्झेर बस्दा ति सहिदले भोगेका दिनहरु,
बरै लड्दा लड्दै
रातो परेको त्यो मैदान,
त्यहीँ रगतको तिलक लाएर बिदा भएका हुन।

देशका निम्ति थाकेनन कहिलैं
स्वार्थ बोकेनन सम्पत्ति कमाउन,
आफ्नो घाटीमा आफ्नै मृत्युको माला
देख्दा पनि,
हरदम निर्भय रहे ति वीरहरु
अन्तिम श्वास सम्म लडे यो देश बनाउन,
साहस र समर्पणलाई उचाई दिन
आफैंले सहिदको परिभाषा दिएका छन
त्यहीँ बलिदानले

आज हामीले सास फेर्न पाएका छौं।

तर,
राज्यमा बहुदल आउदाँ…
सहिदहरु पनि दलदलमा भासिएका छन

सहिद शब्दको सीमित परिभाषा रह्यो ,
मात्र त टाउको गासिएका छन,
पुरानो अस्थित्व मेटाउदै,
नयाँ स्वामित्व खोजिरहेका छन।

यो प्रवेश देख्दा ,
सहिदहरुको आत्माले भनिरहेछ
बुझ्दै जादा न आफ्नो अमुल्य ज्यान रह्यो ,
न त देशको अस्तित्व धेरै दिन रहला जस्तो ,
मनभरि धोको ,
पुछ्न् सकिएन पिडित परिवारको
विछिप्त आँसु
हामी सहिद सहिद शब्दमै बाधिए,
कसैको आवश्यकतामा सहिद भनाइदिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *