२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा

अन्जना   पुडासैनी

मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा ,
सपना जली बाँकी केही खरानी छ प्रेममा ।

हजार आसा देखाएर,आफ्नो इक्षा पुरा गरी
अरुमाथि खेलवाड जानाजानी छ प्रेममा ।

के हुन्छ र सबुत यहाँ, छुट छ धोका दिन पनि
नियम छैन कानुन छैन मनोमानी छ प्रेममा ।

जिबन साथी अर्कै रोजी, माफि छ रे प्रेमिलाई
बुझिन, खै किन यस्तो अनाकानी छ प्रेममा ।

मेरो पनि एउटा छुट्टै काहानी छ प्रेममा ,
सपना जली बाँकी केही खरानी छ प्रेममा ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *