२०७७ जेष्ठ २४, शनिबार
Follow Us on:

धादिङकी अमृताले काठमाडौंलाई बनाईन् मन्त्रमुग्द

रामकृष्ण सिलवाल
काठमाडौं । काव्य मुशायराको १५ औँ श्रृंखलामा धादिङकी कवयत्रीअमृता स्मृतिले लेखन कुन्ज काठमाडौंमा आफ्ना शक्तिशाली कविताहरुको दमदार प्रस्तुति दिइन् । कवितामा स्थापित भैसकेकी अमृताले सानै उमेरदेखि कविता लेखेता पनि उनको वाचनको शुरुवात भने आजभन्दा १० वर्ष अगाडि धादिङको भानुपार्कबाट भएको थियो । बाल्यावस्थामै विद्यालय र जिल्लाका विभिन्न पुरस्कार जीतेकी उनीले अहिले राष्ट्रियस्तरका थुप्रै पुरस्कार प्राप्त गरेकी छिन् ।

देशको विभिन्न भू-भागमा गएर कविता वाचन गरेकी उनी भन्छिन्, “कविता मेरो ईश्वर हो,कविले कविता कविको लागि मात्र होइन सम्पूर्ण मानिसको लागि विकास र संवेदनालाई टिपेर लेखेको हुन्छ ।”

कार्यक्रममा प्रस्तुत भएका ग़ज़लकार बरुण रिजालले पनि आफ्नो राम्रो प्रस्तुती दिएका थिए । अग्रज र अनुज पुस्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रममा कवयत्री अमृता स्मृतिले ७ ओटा कविता र गजलकार बरुण रिजालले १२ ओटा गजल सुनाएका थिए । कार्यक्रममा कवयत्रीअमृता स्मृतिले घामको गजल,बग्दाबग्दै,रिपोर्टरको जिन्दगी,जवाफ कहिल्यै आएन, अनौ, मालिक र ट्रेलर कविता प्रस्तुत गरीरहँदा हल मन्त्रमुग्ध बनीरहेको थियो ।

कार्यक्रममा वरिष्ठ ग़ज़लकार ज्ञानुवाकर पौडेलले अमृताको कवितामा त्यो शक्ति छ जसले मलाई कार्यक्रममा नआइ धरै दिएन भन्दै बरुण रिजालको गजल वाचनले मन तानेको बताए ।

छेउमा उभिएर किन नबोलेको भन्छौ ?
कैले मौका दिन्नौ कहिले मन हुँदैन ।

बरुण रिजालका यी शेरहरु सुनिदा दर्शकको अनुहारमा रौनकतासंगै तालिको ओइरो लागेको थियो । कलिलो उमेरमै गजल र वाचन राम्रो भएको भन्दै दर्शकले प्रशंसा व्यक्त गरेका थिए ।

मलाई अगरबत्ती दिइएको छैन
ढोडको जिन्दगी सल्किएपछि
कसरी धुप निस्कन सक्ला ?
धुँवा त प्रत्येक जल्नेहरुले निकाल्छन् ।

अमृता स्मृतिले यो कविता वाचन गरिरहदा हल वान्स् मोरलेले गुञ्जिएको थियो । कार्यक्रममा आख्यानकार अमर न्यौपानेले कार्यक्रम अत्यान्त सार्थक भएको भन्दै कविद्वयलाई शुभकामना व्यक्त गरेका थिए । काव्य मुशायराका संयोजक यात्रीप्रकाशले कार्यक्रम सहजीकरण गरेका थिए।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *