२०७७ मंसिर १७, बुधबार
Follow Us on:

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ सार्वाजानिक (फिल्मसहित)

काठमाडौं: अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमार्फत रिलिज गरिएको छ ।

ढेड वर्षअघि हलमा रिलिज भएको यो फिल्म दिपावलीको अवसर पारेर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

फिल्मले समीक्षकको सकारात्मक प्रतिक्रिया नपाए पनि हलमा भने राम्रो व्यापार गर्न सफल भएको थियो । फिल्ममा अनमोल र सुहानाका अलावा सलोन बस्नेतको पनि शीर्ष भूमिका छ ।

झरना थापा निर्देशित यो फिल्ममा एक सुपरस्टारको कथा समेटिएको छ । फिल्ममा अनमोलले सुपरस्टारको भूमिका निभाएका छन् भने सुहाना फ्यानको भूमिकामा छिन् ।

यसको सफलतासँगै अनमोल र सुहानालाई लिएर निर्देशक झरना थापा नयाँ फिल्म ‘ए मेरो हजुर ४’ को निर्देशनमा जुटेकी छिन् । फिल्ममा सुनील थापाको लगानी रहनेछ ।

याे पनि

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *